आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा लैनचौर बैङक्वेट्स, लैनचौर, काठमाडांैमा सम्पन्न भयो ।
साधारण सभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले देशभर प्रधान कार्यालय सहित ४० वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आई सबै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दे आएको जानकारी गराउनु भयो ।
कम्पनीले आम मानिसको पहुँच हुने खालको १० प्रकारको स्तरीय तथा लाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको र भविष्यमा अझ बढी लाभदायक र नबिनतम् बिमा योजनाहरु ल्याउने जानकारी गराउनु भयो ।
कम्पनीमा हालसम्म आबद्ध रहेका १ हजार २ सय ५४ अभिकर्ताहरुलाई उत्प्रेरित जागरुक र प्रतिस्पर्धी बनाइ व्यबसायमा सक्रीय रुपले सहभागी हुनेु गरि प्रबिधि र सफ्ट्वयेरलाई उच्चतम् प्रयोग गराई सम्पुर्ण शाखाहरुबाट बिमालेख जारी गर्दै आइरहेको जानकारी गराउनु भयो ।