• होमपेज
  • बीमा
  • स्वास्थ्य बीमा बोर्डमा डा. लोहनी

स्वास्थ्य बीमा बोर्डमा डा. लोहनी

  • शुक्रबार, पुस २१, २०७४
स्वास्थ्य बीमा बोर्डमा डा. लोहनी

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. गुणराज लोहनी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री दीपक बोहोराले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्काे व्यवस्था नहुञ्जेलसम्मका लागि डा. लोहनीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।

स्वास्थ्य बीमा ऐनमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट आउने व्यवस्था छ । स्वास्थ्य मन्त्रालयले खुला प्रतिस्पर्धाबाट निर्देशक नियुक्त नहुँदासम्मका लागि भन्दै मन्त्रिस्तरीय निर्णयबाट डा लोहनीलाई निर्देशकको जिम्मेवारी दिएको जनाएको छ ।

यसअघि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमा कार्यकारी निर्देशक रहेका डा. लोहनीले गत पुस १३ मा पदबाट राजिनामा दिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार