• होमपेज
  • देश
  • लैङ्गिक हिंसा सम्बन्धि कानुनी व्यवस्था बारे तालिम शुरु

लैङ्गिक हिंसा सम्बन्धि कानुनी व्यवस्था बारे तालिम शुरु

  • शुक्रबार, अशोज २७, २०७४
लैङ्गिक हिंसा सम्बन्धि कानुनी व्यवस्था बारे तालिम शुरु

नवलपरासी, असोज २७–

क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) नवलपरासी र शंकल्पको आयोजनामा सामाजिक अभियानकर्ताहरुका लागि लैङ्गिक हिंसा सम्बन्धि कानुनी व्यवस्था बारेमा तीन दिने तालिम आज (शुक्रबार)बाट सुनवल नगरपालिका–१२ भुमहिमा सुरु भएको छ ।

तालिमको आज एक कार्यक्रमकाबीच सुनवल नगरपालिका वडा नम्बबर १२ का अध्यक्ष यमलाल पाण्डेले उद्घाटन गर्नुभयो । कार्यक्रम उद्घाटन गर्दै पाण्डेले महिला हिंसा न्यूनीकरणका लागि जनप्रतिनिधीहरुले आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले समाजमा पुरुषबाट मात्रै नभई महिलाहरुबाट पनि महिलामाथी हिंसा हुने गरेकाले महिला हिंसालाई न्यूनीकरण गर्नका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष देवीलाल डुम्रे, सुनवल नगरपालिका कार्यपालिका सदस्य गौमाया गुरुङ्गलगायतले बोल्दै तालिममा सहभागिहरुलाई राम्रोसंग तालिम लिई व्यवहार उतार्न सुझाव दिनुभएको थियो । तालिममा तीनै दिनसम्म अधिबक्ता चुडाबहादुर आलेले प्रशिक्षण दिनुहुनेछ । सचिव सिता शर्माले संचालन गरेको कार्यक्रमको उद्घाटन सत्र क्रियाशिल पत्रकार महिला नवलपरासीकी उपाध्यक्ष ज्ञानु पंगेनीको अध्यक्षतामा भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार