• होमपेज
  • देश
  • लागुऔषध र एचआईभी बारेमा विद्यार्थीलाई अभिमुखीकरण

लागुऔषध र एचआईभी बारेमा विद्यार्थीलाई अभिमुखीकरण

  • मङ्लबार, अशोज ३, २०७४
लागुऔषध र एचआईभी बारेमा विद्यार्थीलाई अभिमुखीकरण

कावासोती, असोज ३–

लागुऔषध दुव्र्यशनी तथा एच.आई.भी.एड्स सम्बन्धि सचेतना मुलक अभिमुखीकरण कार्यक्रम आज नवलपरासीको कावासोतीमा सम्पन्न भएको छ ।

किशोर अवस्थामा लागुऔषध दुव्र्यशनीमा फस्ने प्रवल सम्भावना रहने र त्यसले एच.आई.भीसंगै विभिन्न प्रकारका असरहरु पुर्‍याउने हुँदा त्यसबाट कसरी बच्ने ? भन्ने बारेमा सचेत जगाउने उद्देश्यले कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि कार्यक्रम गरिएको हो । क्रियाशिल पत्रकार महिला नवलपरासीले सन्डे क्लब अन्तरगत कार्यक्रमको आयोजनामा गरेको हो ।

कार्यक्रममा एच.आई.भी. एड्ससंग सरोकार राखेर विगत लामो समयदेखि यसै क्षेत्रमा काम गर्दै आईरहेको संस्था लुम्बिनी पलसका दयाराम आचार्यले तालिममा सहजीकरण गर्नुभएको थियो । सहजीकरण गर्दै आचार्यले लागुऔषध दुव्र्यशनीमा फस्ने कारण, त्यसले पुर्‍याउने असर र नियन्त्रण बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।

यस्तै उहाँले एच.आई.भी एड्सका बारेमा अझै पनि कतिपय आममानिसहरुमा नराम्रो काम गर्दा यो रोग लाग्छ भन्ने गलत मान्यता रहेकाले यो मान्यतालाई चिर्न आवश्यक रहेको बताउनुभयो । ए.आई.भी. आफैमा रोग नभएर यो एउटा रोगसंग लड्न सक्ने शक्तीमा कमी आउनु हो । जसले गर्दा अन्य विभिन्न प्रकारका रोगले संक्रमण गर्ने र त्यो झट्टै निको नहुँदा मानिस मृत्युको शैया सम्म पुग्ने उहाँले जानकारी गराउनुभयो । यस्तै उहाँले नवलपरासीमा २००७ सालमा आफ्नो संस्थाले काम गर्न शुरु गर्दा जिल्लामा जम्मा ३४ जना संक्रमित फेला परेकोमा २०१७ सालसम्म आईपुग्दा त्यो संख्या बढेर ४ सय ९४ पुगेको बताउनुभयो । संक्रमित भएकाहरुका लागि सरकारले निःशुल्क रुपमा एआरटि औषधि समेत वितरण गर्ने गरेको र औषधी सेवनले संक्रमित निको नभई थप संक्रमण हुनबाट जोगाउन मद्धत पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा कावासोतीका विभिन्न विद्यालयमा अध्ययनरत १३ जना छाछात्राको सहभागिता रहेको थियो । क्रियाशिल पत्रकार महिला नवलपरासीकी अध्यक्ष धनु भुषालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको संचालन उपाध्यक्ष ज्ञानु पंगेनीले गर्नुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार