• होमपेज
  • समाचार
  • नेपाल टेलिकम ल्यायो नयाँ एप्लिकेशन, अब मोबाइलबाटै लाइभ टिभी, चलचित्र र रेडियो सुन्न सकिने

नेपाल टेलिकम ल्यायो नयाँ एप्लिकेशन, अब मोबाइलबाटै लाइभ टिभी, चलचित्र र रेडियो सुन्न सकिने

  • मङ्लबार, अशोज ३, २०७४
नेपाल टेलिकम ल्यायो नयाँ एप्लिकेशन, अब मोबाइलबाटै लाइभ टिभी, चलचित्र र रेडियो सुन्न सकिने

काठमाडौं, असोज ३ –

नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले अब लाइभ टिभी, चलचित्र र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् ।
यस्तो सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ (WOWTIME) मंगलबारबाट सञ्चालनमा आएको छ । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा एप्स सञ्चालनमा आएको हो ।

एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सकिन्छ । लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिन्छ । भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना रहेको टेलिकमले जनाएको छ । त्यसैगरी विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा टिभी शोहरु पनि हेर्न सकिन्छ । नेपालमा उपलब्ध एफएम रेडियोसमेत यही एप्समार्फत सुन्न सकिन्छ ।
यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेडरपोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुने टेलिकमले जनाएको छ । अहिलेलाई दसैँ तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई सेवा उपलब्ध गराइएको पनि टेलिकमले जनाएको छ । एक महिना पछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

‘वाउटाइम’ मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मोबाइल एप्स मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर राख्नासाथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने