काठमाडौं, असोज १ –
भारतको मुम्बईस्थित आरके स्टुडियोमा आगलागी भएको छ । आगलागीका कारण टेलिभिजन रियालिटी शो सुपर डान्स सिजन टू को सेट जलेर नष्ट भएको छ । राज कपुरले सन् १९४८ मा मुम्बईको चेन्बुरमा यो स्टुडियोको निर्माण गरेका थिए ।
आगो नियन्त्रण गर्न ६ वटा दमकल तथा पाँचवटा ट्यांकर प्रयोग गरिएको थियो ।
यो स्टुडियोमा राज कपुर, उनका भाइ तथा छोराछोरीले लामो समयसम्म धेरै चलचित्रको सुटिङ गरेका छन् र धेरै उत्कृष्ट चलचित्र दिएका छन् ।
सन् १९८८ मा राज कपुरको निधन भएपछि उनका जेठा छोरा रणधीर कपुरले यो स्टुडियोको जिम्मेवारी सम्हालेका थिए