• होमपेज
  • देश
  • लुमन्तीद्धारा निर्मित २४७ घर हस्तान्तरण

लुमन्तीद्धारा निर्मित २४७ घर हस्तान्तरण

  • शनिबार, भदौ ३१, २०७४
लुमन्तीद्धारा निर्मित २४७ घर हस्तान्तरण

ललितपुर, भदौ ३१ –

आवासका लागि सहयोग समूह (लुमन्ती)द्वारा निर्माण गरिएका भूकम्पप्रतिरोधात्मक घर शुक्रबार एक कार्यक्रमबीच २४७ जना भूकम्पपीडित परिवारलाई हस्तातरण गरिएको छ ।
कोन्ज्योसोम गाउँपालिका– ३ दलचोकीमा निर्माण गरिएका घर स्थानीय बासिन्दालाई हस्तातरण गरिएको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर संख्यामध्ये २४७ जनाले नयाँ घर पाएका छन् ।
सो अवसरमा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले भूकम्पपीडितलाई लुमन्तीले घर तयार पारेर हस्तान्तरण गरेको कार्य प्रति सराहना गर्नुभयो । संस्थाका परियोजना कार्यक्रम संयोजक तुलसीकुमार कवैकाअनुसार ललितुरको सिद्धिपुर, थेचो, चाँपागाउँ, लेले, झरुवाराशी र दलचोकीमा भूकम्पप्रतिरोधात्मक घर निर्माण कार्य भइरहेको छ ।
दलचोकीमा निर्माण भएका गरिएका प्रत्येक घरका लागि संस्थाका तफबाट रु दुई लाख उपलब्ध गरेको उहाँले बताउनुभयो । उहाँकाअनुसार भूकम्पपीडितका लागि एक हजार ३०० घर बनाउने लक्ष्य रहेको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार