• होमपेज
  • मनोरञ्जन
  • चर्चित बलिउड कलाकार कमल हसनले अब राजनीति गर्ने

चर्चित बलिउड कलाकार कमल हसनले अब राजनीति गर्ने

  • शुक्रबार, भदौ ३०, २०७४
चर्चित बलिउड कलाकार कमल हसनले अब राजनीति गर्ने

एजेन्सी, भदौ ३० –

चर्चित बलिउड कलाकार कमल हसनले राजनीतिक यात्रा सुरु गर्ने भएका छन् । हसनले नयाँ पार्टी खोलेर तमिलनाडुको राजनीतिमा प्रवेश गर्न लागेका हुन् ।
हसनले सेप्टेम्बरको अन्त्यसम्ममा नयाँ पार्टीको घोषणा गर्न लागेकोे भारतीय समाचार माध्यम द क्विन्टले जनाएको छ । नोभेम्बरमा हुन लागेको स्थानीय चुनानलाई ध्यानमा राख्दै नयाँ पार्टी खोल्न लागेका हुन् । ६२ वर्षीय हसनले चाहनाले भन्दा पनि बाध्यताले आफू राजनीतिमा छिर्न लागेको बताएका छन् । ‘रहरले भन्दा पनि बाध्यताले राजनीति गर्ने सोचिरहेको छु,’ हासनलाई उदृत गर्दै द क्विन्टले लेखेको छ ।
तमिलनाडुको राजनीतिमा फिल्मबाट राजनीतिमा प्रवेश गर्ने कलाकारको लामै सूचि रहेको छ । जय ललिथा, एम जि रामचन्द्रन र विजयकान्तको सूचिमा अब कमल हसनको नाम पनि आउने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार