• होमपेज
  • देश
  • मालपोत कार्यालय कावासोतीका प्रमुखलाई नेकपाका कार्यकर्ताले कालोमोसो दले

मालपोत कार्यालय कावासोतीका प्रमुखलाई नेकपाका कार्यकर्ताले कालोमोसो दले

  • बिहिबार, भदौ २९, २०७४
मालपोत कार्यालय कावासोतीका प्रमुखलाई नेकपाका कार्यकर्ताले कालोमोसो दले

ज्ञानु पंगेनी

नवलपरासी ,भदौं २९ –

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नवलपरासीमा एक कर्मचारीलाई कालो मोसो दलेका छन् । मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्र घिमिरेलाई बिहीबार दिउसो पौने ३ बजे कार्यालयको कोठामा थुनेर कालोमोसो दलेको प्रत्यक्षदर्शी सेवाग्राहीले जानकारी दिएका छन् ।

तीन जनाको समुहमा आएको उनीहरुले कोठा थुनेर घिमिरेलाई कालोमोसो दलेर कार्यालय परिषरमा पर्चा फालेर भागेका थिए । पर्चामा जग्गाको कारोवार गर्दा कृते गरेको, तिस लाख भन्दा बढि ठेली र अंक घटाई लाग्ने पुजीगत लाभकर नलाग्ने बनाई सो वापत लाखौं रुपैया भ्रष्टाचार गरेको आरोप लगाइएको छ । यस्तै पिच बाटो भएको जग्गालाई कच्ची बाटो र कच्ची बाटो भएको जग्गालाई बाटो नभएको मुल्य राखेर रजिस्टेशन वापत आउने राजश्व आफुले लिने गरेको तथा छिटो छरितो हुने कामलाई पनि घुस लिने गरेको पर्चामा लेखिएको छ ।

दैनिकजसो हजारौ रुपैया घुस खाएको भन्ने जनगुनासो आएपछि कारवाही गरेको पार्टीले जनाएको छ । पर्चामा जिल्ला जनपरिषद जनसत्ता नवलपरासी लेखिएको छ ।

मालपोत कार्यालयमा अहिले प्रहरीले सुरक्षा दिईरहेको छ भने कालोमोसो दलेर फरार रहेकाको खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय नवलपुरका डिएसपी नविन राईले बताएका छन ।

Facebook Comments

सम्बन्धित समाचार