• होमपेज
  • अर्थ/वाणिज्य
  • भदौं २१ को इन्भेष्टमेन्ट बैंकको कारोबार रद्ध

भदौं २१ को इन्भेष्टमेन्ट बैंकको कारोबार रद्ध

  • बुधबार, भदौ २८, २०७४
भदौं २१ को  इन्भेष्टमेन्ट बैंकको  कारोबार रद्ध

काठमाडौं,भदौ २८ –

भदौं २१ गते भएको नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार रद्ध गरिएको छ । सो दिन बोनस सेयर र नगद लाभांशको प्रतिशतमा ‘टाइपिङ समस्या’ भन्दै सार्वजनिक सुचना प्रकाशित भएको १० मिनेटमा नै कम्पनीले लाभांश सच्चाएपछि यसको लगानीकर्ताहरुबाट व्यापक विरोध भएको थियो ।

लाभांश घोषणा लगत्तै बढेको कम्पनीको सेयर मूल्य लाभांश सच्चिएर आएपछि भने केहि घटेको थियो । कम्पनीले झुक्याउदा आफ्नो लगानी डुबेको भन्दै लगानीकर्ताहरुले विरोध गरेपछि त्यसदिनको कारोबार नै रद्ध गरिएको नेप्सेले उल्लेख गरेको छ । बैंकले १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार