• होमपेज
  • मनोरञ्जन
  • आजबाट ३६ बर्ष पूरा भए अभिनेता जीवन लुइँटेल

आजबाट ३६ बर्ष पूरा भए अभिनेता जीवन लुइँटेल

  • आइतवार, भदौ २५, २०७४
आजबाट ३६ बर्ष पूरा भए अभिनेता जीवन लुइँटेल

काठमाडौँ,भदौ २५ –

अभिनेता जीवन लुइँटेल आज आइतवारबाट ३६ बर्ष पूरा भएका छन् । २०३८ साल भाद्र २५ गते बिहीवारका दिन बिराटनगरमा जन्मेका जीवनले आफ्नो जन्मदिन अमेरिकामा मनाउँदै छन् । झण्डै ३ वर्षदेखि जीवन स-परिवारसहित अमेरिकामा छन् । एकपछि अर्को फिल्म असफल भएपछि अहिले जीवनका फिल्मी करिअर सुस्ताएको छ । उनी अभिनित पछिल्लो फिल्म ‘लेकसाइड’ गएको वर्ष हलमा लागेको थियो ।

सन २००२ मा मिस्टर नेपाल भएपश्चात मोडलिङ करिअर शुरू गर्दै रंगिन दुनियाँमा प्रवेश गरेका जीवनले भिडियो फिल्म ‘तिर्खा’मा अभिनय गरेसँगै आफ्नो फिल्मी करिअर शुरू गरेका हुन् । ‘सानो संसार’ र ‘मेरो एउटा साथी छ’ फिल्ममा छोटो भूमिका निर्वाह गरेका जीवन बिकास आचार्य निर्देशित ‘नसिब आफ्नो’बाट सोलो हिरोको रूपमा उदाए । दुई दर्जन जसो फिल्ममा अभिनय गरिसकेका जीवन एकसमय सर्वाधिक व्यस्त अभिनेताको रूपमा चिनिन्थे ।

बिकास आचार्यले नै निर्देशन गरेको फिल्म ‘नाइ नभन्नु ल’ जीवनको करिअरको टर्निङ प्वाईन्ट भएर आयो । यसै फिल्मबाट जीवन दर्शकको नजरमा बस्न सफल भए । आजका दिनसम्म पनि उनी दर्शकको नजरमा बसिरहेका छन् । नेफ्टा अवार्डमा पहिलो फिल्म ‘नसिब आफ्नो’बाट उत्कृष्ट नव अभिनेताको अवार्ड उचालेका जीवनले त्यसपश्चात थुपै फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारिसकेका छन् ।

थुप्रै हिट फिल्म दिएका जीवन नायक मात्र होइनन् कवि पनि हुन् । उनले ‘नायक’ नामक आफ्नो कविता संग्रह बजारमा ल्याइसकेका छन् । रेखा थापासँग जोडी मिल्ने अभिनेताका रूपमा स्थापित जीवनले अभिनय यात्राका क्रममा आफ्नो पुस्ताका प्रायः सबै अभिनेत्रीसँग अन-स्क्रिन रोमान्स गरिसकेका छन्। नेपाली फिल्म क्षेत्रका सफल अभिनेता जीवनलाई जन्मदिनको लाखौंं लाख शुभकामना ।

Facebook Comments

सम्बन्धित समाचार