• होमपेज
  • मनोरञ्जन
  • माघ अन्तिममा सुनिल थापाको ‘शेरबहादुर’

माघ अन्तिममा सुनिल थापाको ‘शेरबहादुर’

  • शनिबार, भदौ २४, २०७४
माघ अन्तिममा सुनिल थापाको ‘शेरबहादुर’

काठमाडौँ,भदौ २४ –

सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको फिल्म ‘शेरबहादुर’को प्रदर्शन मिति घोषणा गरिएको छ । माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण पक्षले फिल्मको पोष्टर पनि सार्वजनिक गरेको छ । फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन् ।

धिराज प्रोडक्सनको व्यानरमा निर्मित ‘शेरबहादुर’मा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको फिल्ममा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ ।

फिल्मका निर्माता गौरशंकर धुजुले ‘शेरबहादुर’ प्रधानमन्त्री शेरबहादुर देउवाको जीवनमा आधारित फिल्म नभएको बताए । उनले भने, ‘शेरबहादुर नामको एक पात्रको जीवनमा घट्ने घट्नाहरुलाई पर्दामा उतारेका छौ ।’ फिल्ममा सुनिल थापाले शेरबहादुरको भूमिका निर्वाहा गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार