• होमपेज
  • मनोरञ्जन
  • बिष्णु खत्री नयाँ दशै गितमा विमल

बिष्णु खत्री नयाँ दशै गितमा विमल

  • शुक्रबार, भदौ २३, २०७४
बिष्णु खत्री नयाँ दशै गितमा विमल

चितवन,भदौ २३ –

 नेपाली लोकगायनमा स्थापित कलाकारको नाम हो बिष्णु खत्री । बागलुङ्गको गलकोटमा जन्मेर लोक तथा दोहोरी गायनमा राष्ट्रिय रुपमा स्थापित हुन सफल खत्रीले यस पटक दशैंलाई लक्षित गरि  ‘यो दशैमा घर आउदिन’ बोलको नयाँ गीत बजारमा ल्याउदै छन । खत्रीको शब्द तथा लय संकलन गरेको गीतमा उनलाई गायिका देवी खत्रीले साथ दिएकी छिन् ।

 बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री नेपाली लोक दोहोरी क्षेत्रका एक महान हस्तीको रुपमा परिचित छन । वि.सं २०५७ सालमा गीत संगीतको यात्रा प्रारम्भ गरेका खत्रीले एक दशक भन्दा लामो सांगितिक यात्रा तय गरिसकेका छन

 निर्देशक बिक्रम चौहानले निर्देशन गरेको यस गीतको भिडियोमा विमल के.सी र मोडल टिना श्रेष्ठको अभिनय रहेको छ । छायांकानमा प्रकाश खड्काले साथ दिनु भएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार