• होमपेज
  • अर्थ/वाणिज्य
  • नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न

  • सोमवार, पुस २८, २०८२
नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न

पाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले काठमाडौमा आफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।

सभामा संरक्षक राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए। नेपाल–इटाली चेम्बरका अध्यक्ष संजय अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालका विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पु¥याउँदै आएको सहयोगको महत्व उल्लेख गरे।

वार्षिक साधारण सभामा आगामी तीन वर्षका लागि श्री संजय अग्रवाल पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ, जसले उहाँको नेतृत्व र चेम्बरप्रतिको दृष्टिकोणमा सदस्यहरूको निरन्तर विश्वासलाई प्रतिबिम्बित गर्दछ ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आगामी वर्षहरूका लागि नेपाल–इटाली चेम्बरका रणनीतिक प्राथमिकताहरू प्रस्तुत गर्दै नेपाली र इटालियन उद्यमीबीच व्यवसाय–देखि–व्यवसाय सहकार्य गहिरो बनाउने, लगानी तथा नीतिगत संवादलाई सक्रिय रूपमा सहजिकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, तथा सदस्यहरूलाई ठोस मूल्य प्रदान गर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा नेपाल–इटाली चेम्बरको भुमिकालाई अझ सुदृढ गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रमका क्रममा भिनोद सग्तानीलाई ‘ मेम्बर अफ द इयर २०२५’ को सम्मान प्रदान गरियो भने कल्याण सिलवाललाई ‘एनआईसीसीआई सीएसआर कम्युनिटी अवार्ड २०२५’ प्रदान गरियो । नेपाल र इटालीबीच व्यापार–व्यवसाय सहकार्य, लगानी सहजिकरण तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो ।

Facebook Comments

सम्बन्धित समाचार