• होमपेज
  • बीमा
  • सन नेपाल लाइफको आठौं तथा नवौं साधारणसभा सम्पन्न

सन नेपाल लाइफको आठौं तथा नवौं साधारणसभा सम्पन्न

  • शुक्रबार, पुस २५, २०८२
सन नेपाल लाइफको आठौं तथा नवौं साधारणसभा सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आठौं तथा नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित एनएफआरएस बमोजिम तयार गरिएको दुवै आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरण सर्वसम्मत रूपमा स्वीकृत गरेको हो ।

साथै सभाबाट कम्पनीको आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति अनुमोदन गरिएको छ । सोही अवसरमा हाल कायम चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनार्थ समेत) गरी कुल २०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतले पारित गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार