• होमपेज
  • बीमा
  • सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १ करोड १ लाख सहयोग

सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १ करोड १ लाख सहयोग

  • सोमवार, पुस २१, २०८२
सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १ करोड १ लाख सहयोग

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रूपैयाँ सहयोग उपलब्ध गराएको छ ।

उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे।

सो अवसरमा अर्थ सचिव, राजस्व सचिव लगायत सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो ।

सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले राष्ट्रप्रतिको कर्तव्य बाेधका साथ योगदान गरेको र गत वर्ष पनि वाढी पहिरो पिडित नागरिकको राहतको लागि प्रधान मन्त्री राहतकोषमा रु.५१ लाख योगदान गरेको बताउँदै, जेन–जी आन्दोलनको क्रममा क्षती भएका सम्पत्तीहरुको वीमा दावी वापत हाल सम्म १ अर्व , ९२ करोड दावी भुक्तानी गरी सकेको समेत जानकारी दिए ।

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याउनु भएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडलाई धन्यवाद ज्ञापन गरे ।

साथै उक्त रकम सहित आजको मितिसम्म उक्त कोषमा १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको अर्थमन्त्रालयले जानकारी गराएको छ ।

Facebook Comments

सम्बन्धित समाचार