सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ९औँ वार्षिक सभा आम्रपाली व्याङ्कवेट, भाटभटेनी, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो ।
कम्पनीले चुक्ता पुँजीको ५ अर्ब रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण छलपल गरि पारित गरेको छ ।