• होमपेज
  • देश
  • राष्ट्रिय सभाका उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने

राष्ट्रिय सभाका उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने

  • आइतवार, पुस १३, २०८२
राष्ट्रिय सभाका उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले साढे तीन लाख रुपैयाँसम्ममात्र खर्च गर्न पाउने सीमा निर्धारण भएको छ । निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै आसन्न राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले कुन शीर्षकमा कति खर्च गर्न पाउने भन्ने सीमा तोकिदिएको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा उम्मेदवारको तर्फबाट जिम्मेवार पदाधरकि तोकेर उसको विवरणसहित निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ ।

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ ।

यस्तो छ विज्ञप्ति

Facebook Comments

सम्बन्धित समाचार