• होमपेज
  • प्रविधि
  • मल्टी डिभाइस र फुल स्पिड इन्टरनेटका लागि वाइफाई ६ र एपी उपकरण उपलब्ध गराउँदै नेपाल टेलिकम

मल्टी डिभाइस र फुल स्पिड इन्टरनेटका लागि वाइफाई ६ र एपी उपकरण उपलब्ध गराउँदै नेपाल टेलिकम

  • बुधबार, पुस ९, २०८२
मल्टी डिभाइस र फुल स्पिड इन्टरनेटका लागि वाइफाई ६ र एपी उपकरण उपलब्ध गराउँदै नेपाल टेलिकम

नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाई ६ राउटर (सीपीई) र एपी उपलब्ध गराउने भएको छ । यस अनुसार अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुनेछ ।

नेपाल टेलिकमले पहिले वाइफाई ५ प्रविधिको सीपीई (कस्टमर प्रमिसेज इक्वीपमेन्ट) उपलब्ध गराइरहेकोमा अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी एक्सीस पोइन्ट० समेत उपलब्ध गराउने भएको हो ।

नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुनेछ भने इन्टरनेटको स्पिड पनि तीव्र हुनेछ । धेरै डिभाइसहरु कनेक्ट गर्न, सबैले फुल स्पिडमा इन्टरनेट चलाउन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवाका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।

ग्राहकहरुका लागि वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध हुनेछ । इन्डिभिजुअल प्याकेज अन्तर्गत इन्टरनेट र टेलिफोन प्याकेज, इन्टरेनट, बेसिक एनटीटीभी र टेलिफोन प्याकेज र इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोन प्याकेज मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ ।

त्यसैगरी प्रिमियम प्याकेज अन्तर्गत प्रिमियम इन्टरनेट प्याकेज वान्ली, प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी प्याकेज र प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभी मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ । यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् भने मोबाइलमा डाटा समेत उपलब्ध हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार