• होमपेज
  • अटो
  • नाडाको ४१औँ साधारण सभा सम्पन्न

नाडाको ४१औँ साधारण सभा सम्पन्न

  • बिहिबार, पुस १०, २०८२
नाडाको ४१औँ साधारण सभा सम्पन्न

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नाडाले ललितपुरमा सभा सम्पन्न गरेको हो । संस्थामा हाल नवीकरण भएका कुल १ हजार ५४८ सदस्यहरूमध्ये १ हजार ४८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा सम्पन्न गरेको हो । सभा संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित थियो । कार्यक्रम संस्थाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सो कार्यालयसँगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको थियो ।

साधारण सभाले संस्थाका विभिन्न एजेन्डा र औपचारिक कार्यसूचीहरू माथि विस्तृत छलफल गर्दै सभाले सर्वसम्मतिले प्रस्तावहरू पारित गरेको छ । आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्रबारे गम्भीर बहस र मार्ग निर्देशन पारित भएको जनाएको छ ।

त्यसैगरी अटोमोबाइल व्यवसायीहरूबिचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचार–विमर्श भएको र सदस्यहरूको उच्च अनुशासन र व्यवस्थित व्यवस्थापनका कारण सभा सौहार्दपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिएको छ ।

संस्थाको नयाँ कार्यसमिति चयनका लागि यही पुस २५ गते निर्वाचन गर्ने निर्णय भएको छ । साथै महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकता उपर छलफल भई प्रचलित कानुन बमोजिम महासंघमा समावेश गर्ने प्रस्ताव पारित भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार