एनआइसी एसिया बैंक लिमिटेडका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले आफ्नो व्यक्तिगत कारण देखाएर राजीनामा दिएको बैंकका कम्पनी सचिव कमल खड्काले जानकारी दिए ।
खड्काका अनुसार सञ्चालक समितिले अग्रवालको राजीनामा आज आइतबार बसेको १४२औँ बैंकको बैठकले स्वीकृति गरेको हो ।