सिद्धार्थ बैंक र द सोल्टी होटल्स एन्ड रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमियर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरी, सोल्टी वेस्टइन्ड रिसोर्ट चितवन, सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाइड पोखरा, टाइगर प्यालेस बाइ सोल्टी भैरहवा, मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय विमानस्थलस्थित होराइजन लाउन्ज र आन्तरिक विमानस्थल स्थित होराइजन क्याफेमा डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् ।
त्यस्तै प्लेटिनम क्रेडिट कार्ड वा नारी डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रेरित गर्ने बैंकले जनाएको छ ।