• होमपेज
  • अर्थ/वाणिज्य
  • बैंकका सञ्चालक र सीईओलाई विदेश भ्रमणका कडाई

बैंकका सञ्चालक र सीईओलाई विदेश भ्रमणका कडाई

  • सोमवार, मंसिर ३०, २०८२
बैंकका सञ्चालक र सीईओलाई विदेश भ्रमणका कडाई

नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमणलाई कडाई गरेको छ । यसरी विदेश भ्रमण गर्दा प्रत्येक पटक संचालक समितिबाट निर्णय गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ ।

यसअघि बैंकका सञ्चालक र सीईओले एक पल्ट निर्णय गराएर पटक पटक विदेश शयर गर्ने गरेको आरोप लाग्दै आएको थियो । जनताको निक्षेप लिगेर एउटा ‘ट्रस्टी’ अर्थात् विस्वासमा आधारित संस्था चलाउने बैंकरहरु तिनै जनताको पैसामा मोजमस्ती गर्ने गरेको भन्दै राष्ट्र बैंकले ‘स्वनियमन’लाई नै कडाई गर्न थालेको हो ।

‘सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमण सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउन सम्बन्धित संस्थाले यस सम्बन्धी कार्यविधि बनाई लागू गर्नुपर्ने’ पुरानो व्यवस्था थियो । त्यस्तो कार्यविधि देखाएर पटक पटक विदेश भ्रमण हुन थालेपछि अब फेरि अर्को चरणको कडाई गर्न केन्द्रिय बैंक बाध्य भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार