• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबि बैंकले सुरु गर्‍यो सफ्टपोस सेवा

एनएमबि बैंकले सुरु गर्‍यो सफ्टपोस सेवा

  • बिहिबार, मंसिर ५, २०८२
एनएमबि बैंकले सुरु गर्‍यो सफ्टपोस सेवा

एनएमबि बैंकले सफ्टपोस सेवा सुरु गरेको छ। डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाउँदै बैंकले कुनै पनि एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइललाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने जनाएको छ।यो सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरुबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यमहरू लगायत अन्य व्यवसायीहरुले मोबाइलमै भुक्तानी स्वीकार गर्न सकिनेछन्। यस सेवाको प्रयोगले व्यवसायीलाई पोस मेसिनको झन्झट बिनै डिजिटल भुक्तानी लिन सक्ने सुविधा दिने बैंकले जनाएको छ।

सफ्टपोसको प्रयोगबाट साना व्यापारी, डेलिभरी सेवालगायत टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने ‘सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन। यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठुलो पाइला हो। हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ र व्यवसाय संचालन थप सजिलो र सुरक्षित हुनेछ।’

सफ्टपोसले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड अनुरूप काम गर्ने हुँदा व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार