• होमपेज
  • विकास बैंक
  • दराजको ११.११ अभियानमा सामान खरिद गर्दा महालक्ष्मी विकास बैंकका ग्राहकलाई २००० रुपैयाँ सम्म छुट

दराजको ११.११ अभियानमा सामान खरिद गर्दा महालक्ष्मी विकास बैंकका ग्राहकलाई २००० रुपैयाँ सम्म छुट

  • मङ्लबार, कार्तिक २६, २०८२
दराजको ११.११ अभियानमा सामान खरिद गर्दा महालक्ष्मी विकास बैंकका ग्राहकलाई २००० रुपैयाँ सम्म छुट

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरि सहकार्य भएको छ। ११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियानमार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ सुविधाहरुलाई अझ विस्तार गर्दै जाने नीति अनुरुप दराज नेपाल सँग सहकार्य भएको हो। सहकार्य अन्तर्गत २०८२ कार्तिक २५ गते देखी २०८२ मंसिर ५ गते सम्मको लागि लागू हुने गरि महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका ग्राहकहरुले दराज नेपालमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँ सम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार सम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुटको लागि ग्राहकहरुले दराजबाट भौचर संकलन गर्नु पर्नेछ। योजना अवधीभर सहभागी हुने ग्राहकहरुलाई पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिनेछ। यस प्रकारका समझदारीबाट ग्राहकहरुसँग डिजिटल रुपमा जोडिन, ग्राहकहरुको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

हालै मात्रबैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरि खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ। यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमाभुक्तानगर्न मिल्ने गरि रुपान्तरण गर्न समेत सक्नेछन्।

 

Facebook Comments

सम्बन्धित समाचार