• होमपेज
  • बैंकिङ्ग
  • दराज ११.११ योजनामा सानिमा बैंकका ग्राहकलाई छुट

दराज ११.११ योजनामा सानिमा बैंकका ग्राहकलाई छुट

  • सोमवार, कार्तिक २५, २०८२
दराज ११.११ योजनामा सानिमा बैंकका ग्राहकलाई छुट

सानिमा बैंक र दराजबीच सहकार्य भएको छ । बैंकले दराजसँग दराज ११.११ योजनाका लागि ग्राहकलाई छुट प्रदान गर्ने भएको हो । योजना अवधिभर दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्ने ग्राहकले छुट पाउनेछन् । ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुटका लागि ग्राहकहरूले दराजमार्फत बैंक भाउचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । यो योजना २०८२ कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म लागू हुने जनाएको छ । बैंकले यसअघि पनि विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानीको प्रयोग बढाउन र ग्राहकलाई नगदरहित कारोबारतर्फ प्रोत्साहित गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार