महालक्ष्मी विकास बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा ९ करोड ७५ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३.४२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म बैंकले ९ करोड ४२ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानीमा सुधार देखिएसँगै नाफा बढ्न पुगेको हो । बैंकले सो अवधिसम्म ५० करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ५.३२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म भने बैंकले ४८ करोड ३२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
सो अवधिसम्म बैंकको खराब कर्जा अनुपात ५.५० प्रतिशत पुगेको छ । गत आवमा भने बैंकको यस्तो कर्जा अनुपात ४.९० प्रतिशत थियो । त्यस्तै, बैंकको बेस रेट ६.४५ प्रतिशत, कस्ट अफ फण्ड ४.३० प्रतिशत, रिटर्न अन इक्विटी ५.४८ प्रतिशत, रिटर्न अन एसेस्ट ०.६० प्रतिशत र स्प्रेड दर ४.३६ प्रतिशत पुगेको छ । बैंकको चुक्तापूँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेकोमा रिटर्न अर्निङ ३९ करोड ११ लाख, रिजर्भमा २ अर्ब ४१ करोड ९९ लाख रुपैयाँ संचित र इपीएस ९.०८ रुपैयाँ, नेटवर्थ १६५.४३ रुपैयाँ, पीई रेसियो ४०.०८ गुणा र तरलता अनुपात ३०.७६ प्रतिशत रहेको छ । बैंकले सो अवधिसम्ममा वितरणयोग्य मुनाफा ३९ करोड ११ लाख रुपैयाँ छुट्याएको छ । यसर्थमा बैंकको लाभांश क्षमता प्रतिसेयर ७.२२ प्रतिशत रहेको छ ।