• होमपेज
  • बैंकिङ्ग
  • एभरेस्ट बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

एभरेस्ट बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

  • शुक्रबार, कार्तिक २२, २०८२
एभरेस्ट बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

एभरेस्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.५ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब १२ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफामा योगदान पुगेको देखिन्छ । खुद ब्याज आम्दानी पहिले २ अर्ब १३ करोड रहेकोमा अहिले २ अर्ब ४० करोड रुपैयाँ छ । लोनलस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) सामान्य बढेको छ । यस्तो रकम पहिले १० करोड रहेकोमा अहिले ४२ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी पनि बढेको छ ।

यस्तो आम्दानी पहिले ३४.८५ रुपैयाँ रहेकोमा अहिले ३६.४४ रुपैयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ छ । असोज मसान्तसम्म वितरणयोग्य नाफा ५ अर्ब ४९ करोड रुपैयाँ छ । बैंकको निष्क्रिय कर्जा सामान्य घटेको छ । कुल कर्जामा यस्तो कर्जाको अंश गत वर्षको असोज मसान्तसम्म ०.७७ प्रतिशत रहेकोमा अहिले ०.७४ प्रतिशत छ । आधार दर एक वर्षको अवधिमा ६.५८ बाट घटेर ४.८६ प्रतिशतमा झरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार