• होमपेज
  • शेयर मार्केट
  • माउन्टेन इनर्जीको २१ प्रतिशत लाभांश घोषणा

माउन्टेन इनर्जीको २१ प्रतिशत लाभांश घोषणा

  • शुक्रबार, कार्तिक २२, २०८२
माउन्टेन इनर्जीको २१ प्रतिशत लाभांश घोषणा

माउन्टेन इनर्जीले सेयरधनीका लागि २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको १.०५२६ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नगद लाभांश कर प्रयोजनका लागि मात्रै हुनेछ ।

साथै कम्पनीले मंसिर २९ गते साधारणसभा प्रस्ताव गर्ने भएको छ । सोका लागि मंसिर १७ गते बुक क्लोजको मिति तोकिएको छ । विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीले पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२२ रुपैयाँ छ ।

Facebook Comments

सम्बन्धित समाचार