नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन र वार्षिक आर्थिक विवरणलाई अनुमोदन गरियो। यसमा आषाढ मसान्त २०८२ को वासलात, नाफा नोक्सान हिसाब लगायतका विभिन्न प्रमुख वित्तीय विवरणहरू पारित गर्यो ।
सभाले कम्पनीका शेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशतका दरले ५ कराेड बराबरकाे नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारीत गरेकाे छ ।
साथै, आव २०८२/८३ को लेखापरीक्षणका लागि मेशर्स एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकको रूपमा नियुक्ति गर्ने निर्णय पनि सभा मार्फत पारित गरिएको छ। यसका साथै, लेखापरीक्षकको पारिश्रमिक पनि निर्धारण गरिएको छ।