नाडा अटो शो २०२५ अटो प्रेमीहरूका लागि निकै रोमाञ्चक हुने भएको छ । फोटोन टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएमवान र सोकोन ईभी भ्यानले ६ दिनसम्म चल्ने प्रदर्शनीका अवसरमा विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन् । टीएमवानको मूल्य ३३ लाख ७४ हजार बाट घटाएर २६ लाख ९९ हजार रुपैयाँ गरिएको छ भने माउन्टेन ईभी र सोकोन ईभी भ्यानमा पनि छुट लागू गरिएको छ । फोटोन टुनल्यान्ड पिकअपले भने आफ्नो छुटबारे प्रदर्शनीमै सार्वजनिक गर्ने भएको छ ।
प्रदर्शनीमा बुकिङ गर्ने ग्राहकले बुकिङ ग्याजेट, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, अटोप्लस सेवा र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टी प्राप्त गर्नेछन् । साथै, सहज फाइनान्स सुविधा उपलब्ध गराइएको छ ।
अफर अन्तर्गत, टुनल्यान्ड पिकअप खरिद गर्नेले ट्राङक्विलिटी स्पा एक्सपिरियन्स वा भाटभटेनीको २५ हजार रुपैयाँ बराबरको शपिङ कुपन, ३ वर्षसम्म पार्ट्ससहितको प्रिभेन्टिभ मेनटेनेन्स सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा पाउनेछन् । त्यसैगरी, माउन्टेन ईभी भ्यान खरिद गर्नेले छुटसहित ५५ इन्चको स्मार्ट टिभी, ५ पटकसम्म निःशुल्क सर्भिसिङ र ब्रेक सुज प्राप्त गर्नेछन् भने सोकोन ईभी भ्यान खरिदमा पनि आकर्षक छुटसँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गरिनेछ ।
यी सबै अफर र उपहारहरूले गाडी खरिद अनुभवलाई अझ आकर्षक, किफायती र सुविधाजनक बनाउने आयोजक कम्पनीले विश्वास व्यक्त गरेको छ ।