प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच सेवा छुटसम्बन्धी सम्झौता भएको छ । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत राजुराना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपलब्ध विभिन्न सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
विशेष गरी बैंकका कर्मचारी तथा ग्राहकहरूलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजनाअन्तर्गत यो छुट उपलब्ध गराइएको हो । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरू प्रदान गर्दै आएको बैंकले जनाएको छ ।