इजी रेमिट र नियो मनी ट्रान्सफरले छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा सुनिश्चित गर्न नयाँ भुक्तानी सम्झौता गरेका छन् ।
सम्झौता अनुसार अब इजी रेमिटमार्फत नियो मनी ट्रान्सफर प्रयोग गरेर नेपालका कुनै पनि बैंक खातामा वा भुक्तानी सेवा प्रदायकका वालेटमा रेमिट्यान्स पठाउन सकिनेछ । यसका साथै नियो मनी ट्रान्सफरका स्थानीय एजेन्टहरूबाट पनि रकम सजिलै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
यो साझेदारीले पैसा पठाउने प्रक्रिया अझ सुरक्षित र आधिकारिक बनाउने उद्देश्य राखेको छ । इजी रेमिटको विश्वव्यापी नेटवर्क र नियो मनी ट्रान्सफरको नेपालभरि फैलिएको बलियो सञ्जालले रेमिट्यान्स भुक्तानीलाई अझ सहज र छिटो बनाउने अपेक्षा गरिएको छ ।
नियो मनी ट्रान्सफरका सिईओ सागर खनालले भने, ‘इजी रेमिटसँग मिलेर अझ प्रभावकारी रेमिट्यान्स सेवा दिन पाउनु हाम्रो लागि सम्मानको कुरा हो । हाम्रो संयुक्त प्रयासले पैसाको लेनदेनलाई छिटो र भरपर्दो बनाउनेछ र औपचारिक माध्यमको प्रयोग बढाएर देशको वित्तीय प्रणालीलाई बलियो बनाउनेछ ।’