• होमपेज
  • शेयर मार्केट
  • पहिलो वर्ष नै गरिमा समृद्धि योजनाको लाभांश घोषणा

पहिलो वर्ष नै गरिमा समृद्धि योजनाको लाभांश घोषणा

  • बिहिबार, साउन १६, २०८२
पहिलो वर्ष नै गरिमा समृद्धि योजनाको लाभांश घोषणा

गरिमा क्यापिटलले पहिलो वर्ष नै गरिमा समृद्धि योजनाका इकाइधनीहरुलाई लाभांश वितरण गरेको छ । क्यापिटलले गरिमा समृद्धि योजनाका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट करसहित ५.१० प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । क्यापिटलले गत पुसमा गरिमा समृद्धि योजना बिक्री गरेको थियो । क्यापिटलले म्युचुअल फण्ड जारी गरेकै वर्ष इकाईधनीहरुलाई प्रतिफल वितरण गर्न सफल भएको हो ।

गरिमा विकास बैंक कोष प्रवद्र्धक र गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाको गत वर्षको लेखापरीक्षण सम्पन्न भएपछि ५.१० प्रतिशतका दरले ६ करोड ३७ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

साथै प्रतिफल वितरण प्रयोजनार्थ साउन २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन २६ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार