• होमपेज
  • बजार
  • भाटभटेनी सुपरमार्केट्समा थाइ महोत्सव

भाटभटेनी सुपरमार्केट्समा थाइ महोत्सव

  • बिहिबार, साउन १६, २०८२
भाटभटेनी सुपरमार्केट्समा थाइ महोत्सव

भाटभटेनी सुपरमार्केट्सले थाइ महोत्सव आयोजना गरेको छ । टंगालस्थित भाटभटेनी सुपरमार्केट्समा थाइ महोत्सवको आयोजना भएको हो । शुक्रबार बिहान परराष्ट्रमन्त्री आरजू राणा देउवाले महोत्सवको उद्घाटन गरिन् । उनले नेपाल र थाइल्यान्डबीचको सम्बन्धका बारेमा प्रष्ट पारेकी थिइन् ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले महोत्सवले नेपाल र थाइल्यान्डबीचको सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुग्ने बताए । थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नसहित श्रीलंका, दक्षिण कोरिया र इजरायलका राजदूतसहित विदेशी कूटनीतिज्ञको उपस्थिति थियो ।

Facebook Comments

सम्बन्धित समाचार