युरोपेली केन्द्रीय बैङ्कले बिहीबार ब्याज दरलाई अपरिवर्तित राख्ने तयारी गरेको छ । नीति निर्माताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको उच्च अमेरिकी करहरूको कारण युरा क्षेत्र प्रभावित हुने सम्भावनालाई मध्यनजर गर्दै करको दर पूर्ववत कायम गर्ने तयारी गरिरहेका छन् ।
यसले गत वर्षको सेप्टेम्बरमा सुरू भएको ब्याजदर कटौतीको श्रृङ्खलालाई अन्त्य गर्नेछ । इसिबीले बढ्दो मुद्रास्फीतिको प्रतिक्रियामा उधारो लागतलाई क्रमिक रूपमा घटाएको छ ।
उपभोक्ता मूल्य वृद्धिको गति केन्द्रीय बैङ्कको दुई प्रतिशतको लक्ष्यको वरिपरि स्थिर भएको छ । कोरोनाभाइरस महामारी र युक्रेनमा रूसको आक्रमणपछि दुई अङ्कको उच्च बिन्दुमा पुगेको छ । तर ट्रम्पद्वारा निर्धारित अमेरिकामा युरोपेली निर्यातमा दण्डात्मक करको कार्यान्वयनका लागि अगस्ट १ को समयसीमाका कारण तुलनात्मक रूपमा अधिक अनुकूल मौद्रिक नीतिको अवस्था कमजोर बनेको देखिन्छ । यद्यपि, सम्झौताको लागि वार्ता अघि बढेको छ।
स्थानीय समयअनुसार १२ः१५ मा इसिबीको निर्णय हुनुअघि युरोपेली आयोगका प्रवक्ताले संयुक्त राज्य अमेरिकासँग सम्झौता ‘पहुँचभित्र’ रहेको बताएका थिए।
इयूका कूटनीतिज्ञहरूले बुधबार अमेरिकाले १५ प्रतिशत करका लागि सहमत भएको तर त्यसबारे थप छलफल भइरहेको बताएका छन् ।
व्यापार विवादको समाधान वा वार्ताको असफल अन्त्यको पर्खाइमा रहेको इसिबीले आफ्नो अर्को कदम चाल्नुअघि ‘थप स्पष्टता’ चाहेको युनिक्रेडिटका विश्लेषकहरूले बताएका छन्।
– पर्ख र हेरको नीति–
गत वर्षको जुनमा गरिएको कटौतीसहित कूल आठ कटौती गरेको इसिबीले मुद्रास्फीति श्रृङ्खलाको बीचमा चार प्रतिशतको उच्च विन्दुबाट आफ्नो प्रमुख कर्जा दरलाई दुई प्रतिशतमा झारेको छ ।
जर्मन सार्वजनिक ऋणदाता केएफडब्ल्यूका प्रमुख अर्थशास्त्री डर्क शुमाकरका अनुसार आर्थिक तथ्याङ्क वा मूल्य गतिशीलतासम्बन्धी नवीनतम तथ्याङ्कले इसिबीबाट तत्काल प्रतिक्रिया आउनुपर्ने बताएको छ ।
युरोक्षेत्रमा मुद्रास्फीति जुनमा ठीक दुई प्रतिशतमा झरेको थियो र बढ्दो कारखानाजन्य उत्पादनसहित आर्थिक सूचकहरूले अर्थव्यवस्थाको स्वास्थ्यको बारेमा थप आशावादी हुन प्रोत्साहित गरेको छ ।
बेरेनबर्गका विश्लेषक फेलिक्स स्मितले भन्नुभयो, “यदि ट्रम्पले कठोर करहरू लागू गरेमा इसिबीले ‘आपतकालीन अवस्थामा पर्ख र हेरको नीति कायम राख्न’ चाहन्छ।”
“व्यापार विवादमा थप वृद्धिले यूरो क्षेत्रको अर्थव्यवस्थामा अर्थपूर्ण नकारात्मक प्रभाव पार्नेछ,” स्मितले भन्नुभयो।
कर नीतिको अनिश्चितताको परिणामस्वरूप डलरको तुलनामा यूरोको बढ्दो शक्तिले नीति निर्माताहरूलाई इसिबीको मौद्रिक नीतिको अडानलाई अझ नरम बनाउन प्रोत्साहित गर्न सक्छ।
ट्रम्पको अकर्मण्य नीति निर्माण र अमेरिकी फेडरल रिजर्भमाथिको आक्रमण र अमेरिकी सम्पत्ति खर्च गर्ने लगानीकर्ताको कदमका कारण यस वर्षको सुरुदेखि नै डलरको तुलनामा युरो करिब १४ प्रतिशतले बढेको छ।