• होमपेज
  • वाणिज्य बैंक
  • विश्व वातावरण दिवसको अवसरमा सिटिजन्स बैंकले चोभारमा रोप्यो १ हजार बढी विरुवा

विश्व वातावरण दिवसको अवसरमा सिटिजन्स बैंकले चोभारमा रोप्यो १ हजार बढी विरुवा

  • शनिबार, जेष्ठ २५, २०८२
विश्व वातावरण दिवसको अवसरमा सिटिजन्स बैंकले चोभारमा रोप्यो १ हजार बढी विरुवा

बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सिटिजन्स बैंकले विश्व वातावरण दिवस २०२५ को अवसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शनिबार काठमाडौंको कीर्तिपुर नगरपालिका–१४, चोभारस्थित मञ्जुश्री पार्कमा आयोजित कार्यक्रममा करिब १ हजार २८५ विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, जल विनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जन, बैंकका उच्च व्यवस्थापन टोली तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी पोखरेलले भने, ‘हरियाली बढाउने र वातावरण संरक्षण गर्ने प्रतिबद्धता यही कार्यबाट देखाउँछौं, र हरेक वर्ष ‘स्मार्ट बचत खाता – १ खाता, १ रुख’ अभियान अन्तर्गत रूखहरू रोप्ने प्रण गर्दछौं ।’ सिटिजन्स बैंकले यसअघि पनि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय, मठमन्दिर तथा सार्वजनिक संरचनामा सहयोग गर्दै आएको छ।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा