• होमपेज
  • समाचार
  • कृषि विकास बैंक भित्र काण्डै काण्डः अध्यक्ष पुडासैनी, सिइओ गुरुङ र डिजीएम न्यौपाने छानवीनको घेराउमा !

कृषि विकास बैंक भित्र काण्डै काण्डः अध्यक्ष पुडासैनी, सिइओ गुरुङ र डिजीएम न्यौपाने छानवीनको घेराउमा !

  • शनिबार, बैशाख १३, २०८२
कृषि विकास बैंक भित्र काण्डै काण्डः अध्यक्ष पुडासैनी, सिइओ गुरुङ र डिजीएम न्यौपाने छानवीनको घेराउमा !

५१ प्रतिशत भन्दा बढि सरकारी स्वामित्व भएको कृषि विकास बैंक भित्र काण्डै काण्ड भएको खुलासा भएको छ । एमाले नेता एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई चुनावको बेला दिएको ५ करोडबाट सिइओ बनेका उनीकै छिमेकी जिल्ला लमजुङका गोबिन्द गुरुङले बैंक भित्र यतिसम्म जनताको पैसा माथी लुट मच्चाएको भेटिएको छ । जब कि कृषि विकास बैंकमा गोबिन्द गुरुङ सिइओ भएर आएपछि उनीले कृषि कर्जाको नाममा अरु वाणिज्य बैंकबाट पैसा लिएर कमशल धितोमा कृषि कर्जा दिएको भेटिएको छ । यति बेला उनीले दिएका सयौं कृषि कर्जा खराब कर्जामा परिणत भएको छ ।

चितवनको एक कृषि फर्मलाई अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको दबाबमा दिएको ५५ करोड कर्जा खराब कर्जामा परिणत भएको भेटिएको छ । भन्दा अब फरक पर्दैन । यति सम्मकी एमाले भएकै भरमा आउने ग्राहकहरुलाई अन्दाधुन्द कर्जा गुरुङले दिएको भेटिएको छ । यति मात्रै होइन एमालेको पत्रकारहरुको एउटा संगठनको महाधिवेशनमा सिइओ गुरुङले ५ लाख भन्दा बढिको विज्ञापन र ५ लाख सहयोग गरेको प्रमाण डब्लुनेपाल डटकमसंग सुरक्षित छ । कर्जा प्रवाह र विज्ञापन खर्चको सिफारिस कृषि विकास बैंकका विवादित डिजीएम यज्ञ प्रकाश न्यौपाने मार्फत गरिएको भेटिएको छ । न्यौपाने कृषि विकास बैंकमा सधैं मालामाल हुने विभागका प्रमुख भएका व्यक्ति हुन । उनी पनि एमाले नै भएकाले सिइओ गुरुङले न्यौपानेलाई च्यापेर काम गराउने गरेको एक उच्च कर्मचारीले पक्तिकारसंग बताए ।

विदेश भ्रमणमा लुट
कृषि विकास बैंकका सिइओ गुरुङले गरेको लुट लुकाउन तालिमको नाममा एमाले कांग्रेस र अन्य पाटीका बैंक यूनियनका पदाधिकारी र संचालकहरुलाई विदेश पठाएर जनताको रगत र पसिनाको पैसामा एक छत्र राज मच्चाएको भेटिएको छ । कृषि विकास बैंकमा पुर्व भ्रष्ट कर्मचारी रामशरण पुडासैसी अध्यक्ष छन् । उनीले कर्जा प्रवाह देखि विज्ञापनसम्म हस्तक्षेप गरेर कमिशन लिने गरेको एक यूनियनका कर्मचारीले पंक्तिकारसंग बताए ।

छपाईमा समेत घोटला
कृषि विकास बैंकका सिइओ गुरुङले बैंकमा चाहिने भौचर देखि चेक छपाईमा समेत कमिशन लिने गरेको भेटिएको छ । छपाईमा डिजिएम न्यौपाने मार्फत गराएर १० प्रतिशतसम्म कमिशन लिएको भेटिएको छ । यो कस्तो लुट हो कहाँ छ राष्ट्र बैंक ?

जागिर बचाउन नक्कली नाफा !
कृषि विकास बैंकका सिइओ गुरुङले जागिर बचाउन पटक÷पटक गलत तथ्याङ प्रकाशन गरि नाफा देखाउने गरेको तर वास्तविक नाफा नभएको भेटिएको छ । विगत वर्ष भन्दा यसवर्ष बैंकको नाफा आधा घटेर गएको बैंककै वित्तिय विवरणबाट देखिन्छ भन्दा फरक पर्दैन ।

खराब कर्जा डरलाग्दो
जब कृषि विकास बैंकमा अध्यक्ष पुडासैनी र सिइओ गुरुङ बैंकको नेतृत्वमा पुगे तब बैंकको खराब कर्जा यति बढेर गयो कि देख्दै डरलागदो छ भन्दा अब फरक पर्दैन । खराब कर्जा ५ प्रतिशत भन्दा बढि मात्रै छैन राष्ट्र बैंकले हस्तक्षेप गर्न सक्ने देखिन्छ भन्दा फरक पर्दैन ।

सञ्चालकहरुको भत्ता डरलाग्दो
सिइओ गुरुङले सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुको तलब मात्रै बृद्धि गरेरनन् नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको भन्दा डब्बल छ भन्दा फरक पर्दैन । सिइओ गुरुङले भत्ता लगायतको सुविधा बढाएर बैंक टाट पल्टाउदै आएको देखिन्छ । भन्दा फरक पर्दैन ।

राष्ट्र बैंकले शुरु ग¥यो छानवीन
नेपाल बैंक भित्र अध्यक्षले नै कर्जा दिएर घोटला गरेको प्रमाण भेटिएसंगै कृषि विकास बैंक भित्र पनि अध्यक्ष पुडासैनी र सिइओ गरुङले कमिशन लिएर कर्जा दिएको उजुरी राष्ट्र बैंकमा परेपछि छानविन भइरहेको एक डिपुुटी गभर्नरले पंक्तिकारसंग दाबी गरे । उनीले भने गभर्नर महाप्रसाद अधिकारीजीले कृषि विकास बैंकको छानवीन रोक्नु भएको रहेछ अहिले हामीले उजुरीको आधारमा छानवीन शुरु गरेका छौं नि । जे भएपनि बैंकका अध्यक्ष पुडासैनी सिइओ गुरुङ र डिजीएम न्यौपाने माथी चाडो भन्दा चाडो छानवीन गरि कारवाही गर्न जरुरी देखिन्छ । सचेत भया ।

Facebook Comments

सम्बन्धित समाचार