• होमपेज
  • वाणिज्य बैंक
  • माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्ज बीच रेमिट्यान्स सेवा सम्झौता

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्ज बीच रेमिट्यान्स सेवा सम्झौता

  • शुक्रबार, बैशाख १२, २०८२
माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्ज बीच रेमिट्यान्स सेवा सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसंग औपचारिक सम्झौता गरेको छ ।

माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेतस्थित अल मुजैनी एक्सचेन्जसंग सहकार्य गरि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो । बैंकले बैशाख ११ गते बिहिबारका दिन कुवेत स्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरि अल मुजैनी एक्सचेन्जसंग औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन के.सीको समुपस्थिति सम्पन्न उक्त औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेतस्थित अल मुजैनि एक्चेन्जका महाप्रवन्धक डा. ह्यु फर्नान्डिसले सम्झौता एकआपसमा हस्तान्तरण गरेका हुन् ।

कुवेत स्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत श्रीमती सुजनी राणाको प्रमुख आतिथ्तामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा गैर आवासिय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, लगायत गैर आवासिय संघका प्रतिनिधिहरु, कुवेतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु एवं पत्रकार लगायत कुवेतमा कार्यरत थुप्रै नेपालीहरुको पनि उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनीक गरेको थियो । बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलले रचना गरेको उक्त कभर गीत बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन केसी एंव कुवेतस्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत श्रीमती सुजनी राणाले संयुक्तरुपमा सार्वजनिक गरेका थिए । सार्वजनीक गरिएपश्चात उक्त गीत बैंकले आफ्ना सम्पूर्ण सामाजिक सञ्जालहरुमा प्रशारण-प्रकाशन गर्नेछ ।

माछापुच्छ्रे बैंकले कुवेतमा उक्त सेवा सुरुवात गरे पश्चात अव कुवेतमा रहेका नेपालीहरुले कुवेतस्थित अल मुजैनी एक्सचेन्जका १ सय ४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १ सय ६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । साथै बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १ सय ६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २ सय ७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २सय ४ वटा एटीएमहरु मार्फत १७ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार