• होमपेज
  • विकास बैंक
  • ज्योति विकास बैंकका ग्राहकलाई डेकोर प्यालेसमा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकलाई डेकोर प्यालेसमा विशेष छुट

  • मङ्लबार, फाल्गुन २७, २०८१
ज्योति विकास बैंकका ग्राहकलाई डेकोर प्यालेसमा विशेष छुट

ज्योति विकास बैंक लिमिटेड र काठमाडौंको नयाँबजारस्थित डेकोर प्यालेसबीच विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फर्निचर शोरुममा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । डेकोर प्यालेसमा घर तथा अफिसहरूको लागि चाहिने सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न सामग्रीहरू उपलब्ध छन् ।

बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गरी ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । हालै बैंकले नगरकोटस्थित प्रचलित रिसोर्ट क्लब हिमालय र होटल हिमालयन भिलामा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार