• होमपेज
  • वाणिज्य बैंक
  • नबिल बैंकद्वारा ट्राफिक प्रहरीलाई २० थान मोबाइल सहयोग

नबिल बैंकद्वारा ट्राफिक प्रहरीलाई २० थान मोबाइल सहयोग

  • शुक्रबार, माघ ४, २०८१
नबिल बैंकद्वारा ट्राफिक प्रहरीलाई २० थान मोबाइल सहयोग

नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ । बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेलाई उक्त मोबाइल हस्तान्तरण गरेका हुन् ।

नक्स प्रविधि प्रयोग भएका मोबाइल अरू मोबाइलभन्दा डाटा सुरक्षामा सुरक्षित र सुदृढ रहने हुँदा सार्वजनिक सुरक्षा, कानुनी कार्यसम्पादन एवम् दैनिक कामकाज डिजिटल रूपमा सञ्चालन गर्न सहयोग ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ट्राफिक व्यवस्थापन सरल र सहज गरी प्रविधिमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि मोबाइल फोन उपलब्ध गराइएको बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले नबिल बैंकको यस सहयोगले ट्राफिक प्रहरीको काम कारबाहीलाई छिटोछरितो अगाडि बढाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार