• होमपेज
  • विकास बैंक
  • मुक्तिनाथ विकास बैंक र आइडी नेपालबीच साझेदारी

मुक्तिनाथ विकास बैंक र आइडी नेपालबीच साझेदारी

  • बुधबार, अशोज ३०, २०८१
मुक्तिनाथ विकास बैंक र आइडी नेपालबीच साझेदारी

मुक्तिनाथ विकास बैंक र आइडी नेपालबीच साझेदारी भएको छ । बैंक र आइडी नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आइडी नेपालको तर्फबाट कन्ट्री डाईरेक्टर प्रजुना केसीले हस्ताक्षर गरेका थिए ।

उक्त सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतिहरुलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रर्वद्धन गर्न सहयोग पुग्ने कम्पनीले बताएको छ । दुवै संस्थाहरुको साझेदारीले वित्तीय सुधार सहितको समावेशीता, ग्रामीण विकासमा टेवा, साना किसानहरुलाई प्रोत्साहन, खाद्य सुरक्षा तथा चेतना, जलवायु परिवर्तन र गरिबी न्यूनीकरण लगायतका क्षेत्रमा योगदान दिन सकिने अपेक्षा गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार