• होमपेज
  • वाणिज्य बैंक
  • एभरेष्ट बैंकको एजीएम सम्पन्न, दशैंमा सेयरधनीको खातामा नगद लाभांश

एभरेष्ट बैंकको एजीएम सम्पन्न, दशैंमा सेयरधनीको खातामा नगद लाभांश

  • आइतवार, अशोज २०, २०८१
एभरेष्ट बैंकको एजीएम सम्पन्न, दशैंमा सेयरधनीको खातामा नगद लाभांश

एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा असोज २० गते आइतबार काठमाण्डौमा सम्पन्न भएको छ । योसँगै एभरेष्ट बैंक यो वर्ष एजीएम सम्पन्न गर्ने र दशैंअघि नै सेयरधनीलाई नगद लाभांश दिने पहिलो वाणिज्य बैंक बनेको छ । सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस्तै, शेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै सभाले बैंकको सञ्चालक समितिमा सर्बसाधारण शेयरधनीहरुको तर्फबाट नबिनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ ।

यस्तै, २०८१/८२ का लागि श्री एन. अमात्य एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार