• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबि बैंकले पलेशालाई दियो ५ लाख १ हजार पुरस्कार, प्रशिक्षक लामा पनि सम्मानित

एनएमबि बैंकले पलेशालाई दियो ५ लाख १ हजार पुरस्कार, प्रशिक्षक लामा पनि सम्मानित

  • मङ्लबार, अशोज ८, २०८१
एनएमबि बैंकले पलेशालाई दियो ५ लाख १ हजार पुरस्कार, प्रशिक्षक लामा पनि सम्मानित

एनएमबि बैंकले पेरिस पाराओलम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्डो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ।

बैंकले पलेशालाई ५ लाख १ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो। पलेशाका तर्फबाट उनका अभिभावकले पुरस्कार रकम बुझेको बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

बैंकले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार