• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको हवाई टिकटमा आकर्षक छुट पाउने

एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको हवाई टिकटमा आकर्षक छुट पाउने

  • बिहिबार, असार ६, २०८१
एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको हवाई टिकटमा आकर्षक छुट पाउने

एनएमबि बैंकले विश्वकै अग्रेणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्ना ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिदगर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्नेछ । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूलेथप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउनेछन् ।

एनएमबि बैंक विगत २८ वर्ष देखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रेणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार