सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले लाजिम्पाटमा रहेको पाँच तारे होटल दुसित प्रिन्सेसमा छुट पाउने भएका छन् । सोमबार भएको सम्झौतासँगै बैंकका ग्राहकले रेष्टुरेन्ट, आवास तथा अन्य सुविधामा छुन पाउने भएका छन् ।
सम्झौता पत्रमा बैंकका प्रमुख संचालक अधिकृत अपूर्व प्रसाद जोशी र होटल दुसित प्रिन्सेसका महाप्रबन्धक समिर बनर्जीले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी होटल दुसित प्रिन्सेस काठमाडौंमा खाना तथा पेय पदार्थमा २० प्रतिशत तथा बैंकका कर्मचारीहरुले खाना तथा पेय पदार्थमा २५ प्रतिशत र आवाश लगायत अन्य सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।
बैंकका कर्मचारीहरुलाई भोजका निम्ति हलहरुमा पनि विशेष छुट दिएको व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।