• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंक अमरापुरी शाखाद्वारा शैक्षिक सामाग्री वितरण

सिटिजन्स बैंक अमरापुरी शाखाद्वारा शैक्षिक सामाग्री वितरण

  • आइतवार, फाल्गुन १३, २०८०
सिटिजन्स बैंक अमरापुरी शाखाद्वारा शैक्षिक सामाग्री वितरण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकले गैंडाकोट नगरपालिका १५ अमरापुरी,नवलपरासी पूर्वमा अवस्थीत लक्ष्मी माध्यमिक विद्यालयकोे वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई उक्त सहयोग प्रदान गरेको हो ।

कार्यक्रममा शाखाले आर्थिक तथा सामाजिक रूपमा विपन्न उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको जनाएको छ । यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भएपनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम हो भन्ने विश्वास बैंकले लिएको जनाएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम. र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार