• होमपेज
  • अटो
  • एशियन लाइफको साझेदारीसँगै यती एअरले थप्यो दुई जहाज

एशियन लाइफको साझेदारीसँगै यती एअरले थप्यो दुई जहाज

  • बिहिबार, माघ १८, २०८०
एशियन लाइफको साझेदारीसँगै यती एअरले थप्यो दुई जहाज

निजी क्षेत्रको वायुसेवा कम्पनी यती एअरलाइन्सले बंगलादेशबाट खरिद गरेको दुईवटा एटिआर ७२–५०० टर्बोप्रोप विमान नेपाल आइपुगेको छ । यी दुई विमान बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्सलाई मुख्य साभेदारको रुपमा भित्र्याएपछि थपिएको पूँजीको सदुपयोग गर्दै यतीले आन्तरिक उडान सेवाका लागि दुई वटा विमान थपेको हो । यी दुबै विमान थपिएसँगै यती एयरले धनगढी र सुर्खेत रुटमा समेत उडान शुरु गर्ने भएको छ ।

यती एयरले बंगलादेशको नोभो एयरसँग ८०५ र ८०६ उत्पादन दर्ता नम्बर भएको दुईवटा ७२ सिट क्षमता जहाज खरिद गरेको हो । विमान थप गरेसँगै यतीसँग एटिआर ७२– वायुयानको संख्या ७ पुगेको छ ।

कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले १ सातापछि नयाँ विमानबाट उडान सेवा दिइने बताए । यती एअरका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाकाले आन्तरिक उडान सेवा बिस्तारका लागि जहाज थप्ने योजना अन्तर्गत पहिलो चरणमा दुईवटा विमान आइपुगेको बताए । सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याई १० वटा पुर्याउने योजना छ।

यतीले काठमाडौं, चन्द्रगढी, बिराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडान गर्दै आएको छ । यती एयरलाईन्सका पाइलटको टोलीले तेश्रो पटकको प्रयासमा विमान नेपाल ल्याउन सफल भएका हुन् । यसअघि दुईपटकसम्म पाइलटको टोली बंगलादेश गएपनि नोभो एयरले त्यहाँको नागरिक उड्ययनमा आवश्यक कानूनी प्रकृया पुरा गर्न बाँकी रहेकाले जहाज ल्याउने प्रयास सफल हुन सकेको थिएन ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा