• होमपेज
  • बीमा
  • सानिमा रिलायन्स लाइफको बोनसदर घोषणा

सानिमा रिलायन्स लाइफको बोनसदर घोषणा

  • शुक्रबार, भदौ २२, २०८०
सानिमा रिलायन्स लाइफको बोनसदर घोषणा

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बिमितलाई नयाँ बोनसदर घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/२०७९ को बीमालेखका लागि बोनसदर घोषणा गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको बोनसदरमा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म रहेको छ । यस्तै सावधिक जीवन बीमा योजना (रेगुलर)मा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ ।

सावधिक जीवन बीमा योजना (एकल)मा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधितम बोनसदर ४३ रुपैयाँसम्म रहेको छ ।
यस्तै त्रिपल सावधिक बीमा योजनामा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ, दम्पति सावधिक बीमा योजनामा प्रतिहजार न्यूनतम २० देखि ३० रुपैयाँ बाेनसदर रहेको छ ।

यस्तै सावधिक तथा आजीवन बीमा योजनामा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँ, अग्रिम भुक्तानी योजनामा प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४२ रुपैयाँ र वार्षिक अग्रिम भुक्तानी योजनामा प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि २१ रुपैयाँसम्म बोनसदर रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार