• होमपेज
  • अर्थ/वाणिज्य
  • प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मानन्धर नियुक्त

प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मानन्धर नियुक्त

  • शुक्रबार, भदौ ८, २०८०
प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मानन्धर नियुक्त

प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धर नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा मानन्धरलाई नियुक्त गरेको हो ।

बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त हो । नवनियुक्त मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण समारोहमा संक्षिप्त सम्बोधन गर्दै लामो समयदेखि यस बैंकमा आबद्ध नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरे । स्थापनाकालदेखि नै यस बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि यसै बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए ।

प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार